Rumpum Advertisement
Dazzu

सेनेगल अफ्रिका कपमा छनाैट

सेनेगल अफ्रिका कपमा छनाैट

विराटनगर, १ मंसिर । सेनेगल अफ्रिका कप अफ नेशन्समा छनाैट भएको छ । आइतबार राति गिनी बिसाउलाई २-० गोलले हराउँदै सेनेगल अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेशन्समा छनाैट भएकाे हो ।

गिनी बिसाउको मैदानमा सेनेगललाई जिताउन साडियो माने र ओपा एनगुइटेले समान १-१ गोल गरे ।

४४औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ७४औं मिनेटमा ओपाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘आई’ को सेनेगलले ४ खेलबाट १२ अंक जोडेको छ । सेनेगल शीर्ष स्थानमा छ । उसले अझै दुई खेल खेल्न बाँकी रहेको छ ।