Rumpum Advertisement

इंग्ल्याण्डमाथि बेल्जियमको जित

इंग्ल्याण्डमाथि बेल्जियमको जित

विराटनगर, १ मंसिर । यूईएफए नेशन्स लिगमा बेल्जियमले जित निकालेको छ । आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डमाथि २–० गोलको जित निकालेको हो ।

बेल्जियमको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन यौरी टाइलेमान्स र ड्राइस मार्टेन्सले समान १–१ गोल गरे ।

खेलको १०औं मिनेटमा टाइलेमान्सले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको २३औं मिनेटमा मार्टेन्सले गोल गर्दैै बेल्जियमको अग्रता दोब्बर बनाए ।

र, बाँकी समय गोल हुन नसकेपछि बेल्जियमले २–० गोलको जित निकालेको हो ।

जितसँगै लिग ‘ए’ समूह २ को बेल्जियम ५ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।

सोही समूहको डेनमार्कले आइसल्याण्डमाथि २–१ गोलको जित दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ