Rumpum Advertisement

थप ६ जनाको कोरोनाबाट मृत्यु

थप ६ जनाको कोरोनाबाट मृत्यु

विराटनगर, ३० कात्तिक । नेपालमा आइतबार थप ६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले कोरोनाबाट ज्यान गुमाएका हुन् ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९ हजार ७६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

आज थप २७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ