Rumpum Advertisement
Dazzu

आज थप २७ सय ९८ संक्रमित निको भए

आज थप २७ सय ९८ संक्रमित निको भए

विराटनगर, ३० कात्तिक । नेपालमा आइतबार थप २७ सय ९८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनालाई कोरोना संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९ हजार ७६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

आइतबार थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको छ ।