Rumpum Advertisement
Dazzu

आइतबार १४ सय ७७ जनामा कोरोना पुष्टि

आइतबार १४ सय ७७ जनामा कोरोना पुष्टि

विराटनगर, ३० कात्तिक । नेपालमा आइतबार थप १४ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९ हजार ७६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

आज थप २७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ ।

आइतबार थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २१ पुगेको छ ।