Rumpum Advertisement
Dazzu

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

रोमानिया, ३० कात्तिक । कोरोना भाइरसका बिरामी उपचार गर्ने रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएकाे छ । रोमानियाको उत्तर पूर्वी सहर पियत्रा निम्टको एक सार्वजनिक अस्पतालमा भएकाे सो आगलागीबाट १० जनाले ज्यान गुमाएका छन् भने अन्य कयौं व्यक्ति घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार सघन उपचार कक्षबाट आगलागी सुरु भएको हो । आगलागी भएपछि बिरामीलाई उद्दार गर्ने क्रममा अस्पतालका एक चिकित्सक जलेर गम्भीर घाइते छन् ।

रोमानियाका स्वास्थ्य मन्त्रीले स्थानीय सञ्चारमाध्यमहरूलाई दिएको जानकारीअनुसार आगलागीको कारण विद्युत सर्ट भएको हुनसक्ने उल्लेख छ ।