Rumpum Advertisement
Dazzu

इंग्ल्यान्ड र बेल्जियम भिड्दै

इंग्ल्यान्ड र बेल्जियम भिड्दै

विराटनगर, ३० कात्तिक । यूईएफए नेशन्स लिगमा आज बेल्जियम र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयानुसार राति १ः३० बजे बेल्जियमले घरेलु मैदानमा इंग्ल्यान्डसँग खेल्न लागेको हो ।

यस खेलमा इंग्ल्यान्डलाई हराउँदै बेल्जियम अर्को चरण पुग्ने सम्भवना बलियो बनाउने दाउमा छ । लिग ‘ए’ समूह २ को बेल्जियम ४ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यसैगरी बेल्जियम इंग्ल्यान्डसँग अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ । अघिल्लो भेटमा बेल्जियम इंग्ल्याणडसँग २-१ ले पराजित भएको थियो ।

यता, इंग्ल्यान्ड भने यस खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । इंग्ल्यान्ड ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।