Rumpum Advertisement

कमल थापाले भने : गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भयो

कमल थापाले भने : गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भयो

विराटनगर, ३० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडा भएको बताएका छन् ।

आइतबार गाईतिहारको दिन सामाजिक सञ्जालमा थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडा भएकाे उल्लेख गरे ।

राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गर्दै उनले लेखेका छन्, ‘आज गाई पूजा गर्दा भाव विह्वल भएं । पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाको पीडा फेरि एकपटक वोध भयो । हिन्दूराष्ट्रको एजेण्डा बोकेको पार्टीको लागि ‘गाई’ चिह्न ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ