Rumpum Advertisement
Dazzu

जुवाको खालबाट नाैजना पक्राउ

जुवाको खालबाट नाैजना पक्राउ

उदयपुर, ३० कात्तिक । जुवा खेल्ने क्रममा नौ जनालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्लाको त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ४९ वर्षीय प्रेम भट्टराई, त्रियुगा नगरपालिका-११ गाईघाट बजारका ४० वर्षीय मन्दीप राई, ४० वर्षीय राजनकुमार राउत, त्रियुगा नगरपालिका-१० का २० वर्षीय ईश्वर खड्का, त्रियुगा नगरपालिका-१२ गाईघाट बजारका ४५ वर्षीय बलबहादुर कार्की रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१ का ४० वर्षीय नवीन राई, त्रियुगा नगरपालिका-८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका-११ का ४१ वर्षीय मेखबहादुर राई र त्रियुगा नगरपालिका-३ का २९ वर्षीय सुनिल चौधरी रहेका छन् ।

उनीहरूलाई त्रियुगा नगरपालिका-१० करमगाछिस्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट एक बुङ तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तिन थान सुनको औँठी फेला परेको छ ।

यसै गरी कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दश हजारको चेक र नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ फेला परेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ