Rumpum Advertisement
Dazzu

मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिर खुल्ने

मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडाैं, ३० कात्तिक । यो वर्षको भाइटीकाका लागि मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूर्ननिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवशर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए ।

यो वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले एक गते भाइटीका मान्नेहरूलाई एक गते र दुई गते मान्नेहरूका लागि दुई गते दर्शनको व्यवस्था गरिएको उनले बताए ।