Rumpum Advertisement
Dazzu

लक्ष्मीपूजामा मोरङका चार स्थानमा आगलागी

लक्ष्मीपूजामा मोरङका चार स्थानमा आगलागी

विराटनगर, ३० कात्तिक । लक्ष्मीपूजामा बालिएको मैनबत्ती, दीयो र पट्का पड्काउदा मोरङका चार स्थानमा आगलागि भएको छ । शनिबार चार स्थानमा आगलागि भएको हो ।

बिराटनगर महानगरपालिका– १० ट्राफिक चोक नजिक बिजय साहको घरमा दिनेश अग्रवालले सञ्चालन गरेको फेन्सी पसलमा आगलागी हुँदा सटर भित्र रहेको फेन्सी कपडा,फर्निचरको सामान गरी ६० लाखको क्षति भएको छ ।

विराटनगर महानगरपालिका– ४ राजबंशी चौक बस्ने कमला कोईरालाको बास र टिनको छानो भएको बाख्राको खोरमा आगलागी भएको छ ।

मोरङ बिराटनगर महानगरपालिका– ९ बसपार्क नजिक अभय अर्यालको बारीमा बास र टिनको छानो भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा ८ लाख क्षति भएको छ ।

बेलबारी नगरपालिका – ३ मा रहेको सार्बजनिक शौचालयमा रेखदेख गर्ने राधा मल्लिकको कोठामा दिपावलीमा बालेको दियोबाट आगो सल्केर आगलागी हुँदा एकलाख बराबरको क्षति भएको छ ।

चारवटै स्थानमा मैनवत्ती र दियो बालेर लापरवाहीपूर्वक छाडिएको अवस्थामा आगलागी भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ