Rumpum Advertisement
Dazzu

पाँचथरमा आगलागीबाट दुई घर जले, नौ लाख क्षति

पाँचथरमा आगलागीबाट दुई घर जले, नौ लाख क्षति

फिदिम, ३० कात्तिक । पाँचथरको हिलिहाङ गाउँपालिका-३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका-६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो । रासस