Rumpum Advertisement
Dazzu

अतिसबाजी गर्ने ४१ जना पक्राउ

अतिसबाजी गर्ने ४१ जना पक्राउ

विराटनगर, ३० कात्तिक । उज्यालो पर्व तिहारमा अतिसबाजी गर्ने तथा पटका पड्काउने ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङका बिभिन्न स्थानबाट ४१ जना पक्राउ परेका हुन ।

विभिन्न स्थानमा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने ४१ जनालाई नियन्त्रणमा लिएर केही समय राखेर प्रहरीले आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।