Rumpum Advertisement
Dazzu

रामोसको कीर्तिमान

रामोसको कीर्तिमान

विराटनगर, ३० कात्तिक । स्पेनका कप्तान सर्जियो रामोस युरोपियन मुलुकका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने खेलाडी बनेका छन् ।

शनिबार राति यूईएफए नेशन्स लिगअन्तर्गत स्वीट्जरल्याण्डविरुद्ध खेल्दै ३४ वर्षीय रामोसले यो कीर्तिमान बनाएका हुन् ।

शनिबार राति भएको समूह चरणको खेलमा स्पेन स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

स्वीट्जरल्याण्डको मैदानमा कप्तान रामोस दुईवटा पेनाल्टीमा चुकेका थिए । खेलको ५७औं मिनेटमा र ८०औं मिनेटमा रामोस पेनाल्टीमा चुकेका थिए ।

तथापि, उनले नयाँ कीर्तिमान बनाए । उनी इटालियन गोलरक्षक जियानलुइगी बुफनलाई उछिन्दै युरोपियन मुलुकका लागि सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने खेलाडी बने ।

रामोसले १७७ खेल खेलेका छन् । जसमा १२९ खेलमा स्पेनले जित निकालेको छ भने रामोसले २३ गोल गरेका छन् । यता, इटालियन क्लब युभेन्टसका गोलरक्षक बुफनले मार्च २०१८ मा १७६ खेल खेल्दै यो कीर्तिमान बनाएका थिए ।

रामोसले मार्च २००५ मा चीनविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट कुल ३१ गोल गरेका छन् ।

प्रतिक्रिया

Comments are closed.