Rumpum Advertisement
Dazzu

कोरोनाबाट भारतमा थप ८ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा थप ८ नेपालीको मृत्यु

विराटनगर, ३० कात्तिक । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण मृत्यु हुने नेपाली संख्या २ सय ९३ जना पुगेको एनआरएनएको स्वास्थ्य समितिले जनाएकाे छ ।

विश्वभर ४४ देशमा अनुमानित  ४५ हजार ४ सय ३९ जना  नेपालीमा कोराना संक्रमण देखिएको छ ।

तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र २ लाख ६  हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये १ लाख ६८ हजार १ सय २९ जना  कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरूको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ।  शनिबार साँझसम्म  नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।