Rumpum Advertisement

हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त

हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त

विराटनगर, ३० कात्तिक । हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै गजुरेलले आफ्नो पछिल्ला परीक्षण रिपोर्टहरू नेगेटिभ आएको बताए ।

रिपोर्ट नेगेटिभ आएका कारण ११ दिनको अस्पताल बसाइपछि अहिले घर फर्किएर आराम गरिरहेको उनले जानकारी दिएका छन् ।

गजुरेलले अगाडि लेखका छन्, “केही दिनमा पूर्ण स्वास्थ्य भएर काममा फर्कनेछु, यस क्रममा अत्यन्तै उच्चस्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार तथा सबै शुभचिन्तकहरूलाई अन्तर्मानदेखि धन्यवाद ।”

उनले सकेसम्म यो महामारीबाट जोगिन र जोगाउन आग्रह गर्दै दीपावलीको शुभकामना पनि दिएका छन् ।

१० कात्तिकमा कोरोना संक्रमण भएका उनी अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना भएका थिए । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

आफ्नो दाजुलाई अस्पताल लाने-लैजाने गरिरहँदा उनलाई कोरोना देखिएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ