Rumpum Advertisement
Dazzu

विराटनगरमा माेइटरसाइकल दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

विराटनगरमा माेइटरसाइकल दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

विराटनगर, ३० कात्तिक । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार विराटनगर महानगरपालिका – १२ मा को १८ प ४८३१ नं को मोसा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किए दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक सोही स्थानका २६ वर्षीय घनश्याम कामत, माेटरसाइकलमा सवार ४ वर्षीय सोनु कामत र २० वर्षीय राजेश कामत घाइते भएका थिए ।

घाइते तिनजनालाई उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा घनश्यामको मृत्यु भएको हो । अन्य दुईजनाको उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।