Rumpum Advertisement
Dazzu

जर्मनीको जितमा वेर्नरको दुई गोल

जर्मनीको जितमा वेर्नरको दुई गोल

विराटनगर, ३० कात्तिक । स्पेन यूईएफए नेशन्स लिगमा जर्मनीले युक्रेनमाथि जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा जर्मनीले युक्रेनलाई ३–१ गोलले हराएको हो ।

जर्मनीको मैदानमा घरेलु टोलीका लागि टिमो वेर्नरले दुई गोल गर्दा लेरियो सानेले एक गोल गरे । युक्रेनका रोमन यारेमचुकले एक गोल गरे ।

खेलको १२औं मिनेटमा यारेमचुकले गोल गरेपछि पाहुना टोली युक्रेनले सुरुआती अग्रता बनाएको थियो । २३औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई बराबरीमा फर्काए ।

यसैगरी वेर्नले ३३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ६४औं मिनेटमा वेर्नरले दोस्रो गोल गर्दै जर्मनीलाई ३–१ गोलले जिताए ।

जितसँगै जर्मनीले ५ खेलबाट ९ अंक जोडेको छ । ऊ समूह ‘ए’को लिग ४ मा शीर्ष स्थानमा छ । युक्रेन भने ६ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ