Rumpum Advertisement
Dazzu

रामोस दुईवटा पेनाल्टीमा चुकेपछि स्पेन बराबरीमा रोकियो

रामोस दुईवटा पेनाल्टीमा चुकेपछि स्पेन बराबरीमा रोकियो

विराटनगर, ३० कात्तिक । कप्तान सर्जियो रामोस दुईवटा पेनाल्टीमा चुकेपछि स्पेन यूईएफए नेशन्स लिगमा अंक बाँड्न बाध्य भएको छ । शनिबार राति भएको समूह चरणको खेलमा स्पेन स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

स्वीट्जरल्याण्डको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २६औं मिनेटमा रेमो पिफ्रेउलेरले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए ।

खेलको ५७औं मिनेटमा स्पेनले बराबरी गर्ने मौका पाएको थियो । स्पेनले पाएको पेनाल्टीमा रामोस चुक्न पुगेका थिए । खेलको ७९औं मिनेटमा घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

स्वीट्जरल्याण्डका निको इल्भेडीले रातो कार्ड पाउँदै मैदानबाट बिदा लिएका थिए र स्पेनले पुनः पेनाल्टीको मौका पायो । जसमा, कप्तान रामोस फेरि असफल हुन पुगे ।

८९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई बराबरीमा फर्काए ।

बराबरीसँगै स्पेनले ५ खेलबाट ८ अंक बनाएको छ । ऊ समूह ‘डी’को दोस्रो स्थानमा छ । स्पेनको अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ । स्वीट्जरल्याण्ड भने ३ अंकका साथ चौथो स्थानमा छ ।