Rumpum Advertisement
Dazzu

साविक विजेता पोर्चुगल समूह चरणबाटै बाहिरियो

साविक विजेता पोर्चुगल समूह चरणबाटै बाहिरियो

विराटनगर, ३० कात्तिक । यूईएफए नेशन्स लिगमा साविकको विजेता पोर्चुगल समूह चरणबाटै बाहिरएको छ । शनिबार राति भएको खेलमा फ्रान्ससँग १–० गोलले स्तब्ध हुँदै पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जिताउन एन‘गोलो कान्टेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औं मिनेटमा कान्टेले गोल गर्दै फ्रान्सलाई जिताए ।

जितसँगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १३ अंक बनाएको छ । पोर्चुगल भने १० अंकका साथ दोस्रो स्थानमा छ ।