Rumpum Advertisement
Dazzu

अमेरिकामा एकै दिन थपिए डेढ लाख संक्रमित, भारतमा संक्रमण दर घट्यो

अमेरिकामा एकै दिन थपिए डेढ लाख संक्रमित, भारतमा संक्रमण दर घट्यो

विराटनगर, ३० कात्तिक । अमेरिकामा एकै दिन एकला ५६ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारीको केन्द्रबिन्दुमा रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा एकलाख ५६ हजार संक्रमित थपिएका हुन ।सोही अवधीमा एक हजार २५८ जनाको मृत्यु भएको छ ।

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख २५ हजार पुगेको छ । २लाख ५१ हजारले ज्यान गुमाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर घट्दो छ । अघिल्लो दिन ४५ हजार संक्रमित थपिएको भारतमा पछिलो २४ घण्टामा ४१ हजार थपिएका हुन ।

केही दिन अघिससम्म भारतमा दैनिक संक्रमितको संख्या ६० हजार भन्दा माथि थियो । भारतमा संक्रमितको संख्या ८८ लाख १४ हजार छ । १ लाख २९ हजारको मुत्यु भएको छ ।

संक्रमितको संख्याको आधारमा तेस्रो स्थानमा रहेको ब्राजिलमा २९ हजार संक्रमित थपिएका छन् । फ्रान्समा ३२ हजार संक्रमित थपिएका छन् ।

वल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७४ हजार कोरोना संक्रमित थपिएका छन् । ८ हजार ८ सयजनाको मृत्यु भएको छ ।याे सँगै विश्वमा संक्रमितको संख्या ५ करोड ४३ लाख ११ हजार पुगेको छ । संक्रमणका कारण १३ लाख १७ हजारको मृत्यु भएको छ । ३ करोड ७८ लाख ६१ हजार संक्रमण मुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ