Rumpum Advertisement
Dazzu

टाइफूनवाट प्रभावित फिलिपिन्समा मृत्यु हुनेको संख्या २६ पुग्यो, १४ जना अझै बेपत्ता

टाइफूनवाट प्रभावित फिलिपिन्समा मृत्यु हुनेको संख्या २६ पुग्यो, १४ जना अझै बेपत्ता

विराटनगर, २९ कात्तिक । ‘फिलिपिन्समा आँधीबेहरीले मृत्यु हुनेको संख्या बढेर २६ पुगेको छ,’ एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस वर्षको सबैभन्दा भयानक बाढीले धेरै बस्तीहरुलाई डुबाएको छ भने हजारौंले आफ्नो घर छाड्न बाध्य भएका छन् ।

टाइफुन वाम्को नामले चिनिने आँधीबेहरीको कारणले भारी वर्षा भएको थियो । विगत केही हप्तादेखि फिलिपिन्समा आइरहेको आँधीबेहरीमध्ये तेस्रो ठूलो मानिने वाम्को टाइफूनले मनिलाको होचा स्थान र नजिकका सिमानाहरुमा डुबान गराएको छ जसको कारणले मानिसहरु घरको छाना र कौसीमा फसेका थिए ।

अधिकारीहरुले भनेका छन् कि लगभग दुई लाख मानिसहरुलाई जोखिमयुक्त स्थानवाट स्थानान्तरण गरिएको छ । यस वाम्को आँधीबेहरीका कारण १९ लाख घरधुरीहरु बिजुलीबाट बञ्चित भएका छन् । धेरै विद्युतीय खम्बाहरु र तारहरु बगेको छ भने धेरै ट्रास्र्फमरहरु नष्ट भएका छन् ।

सुरक्षा अधिकारीहरुले बताएअनुसार बाढीमा फसेकाहरुको खोजी गर्नका लागि २० वटा उद्दार गर्ने टिमलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो ।

हाल पानीको सतह घट्दै गएकाले मानिसहरु घर फर्किन थालेका छन् । तर बाढीका कारणले अधिकांश घरहरुमा क्षति पुगेको छ । फिलिपिन्सको राजधानी मनिलाका केही शहरहरुमा ठूलो असर पारेको छ, जहाँ अधिकांश घरभित्र लेदो माटोहरुले सबै सामानहरु पुरिएको छ । स्थानीयहरुको अनुसार अधिकांश वस्तुहरु काम नलाग्ने गरी नष्ट भएका छन् ।

वाम्को टाइफुनले कम्तीमा २६ व्यक्तिको मृत्यु, २५ जना गम्भीर घाइते र १४ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदका कार्यकारी निर्देशक रिकार्डो जलाडले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ