Rumpum Advertisement
Dazzu

न्यूरो अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु

न्यूरो अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर, २९ कात्तिक । न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका दुईजना र झापाका एकजनाको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार ग्रामथान गाउँपालिका– १ का ५२ वर्षीय पुरुष, मिक्लाजुङ गाउँपालिका– ९ का ६८ वर्षीय र झापाको गौरादह गाउँपालिका ४ का ७० वर्षीय पुरुषको शुक्रबार बेलुका मृत्यु भएको हो ।

२३ कात्तिकमा कोरोना पोजेटिभ देखिएका ग्राथान गाउँपालिका– १ का पुरुष २४ कात्तिकमा अस्प्ताल भर्ना भएका थिए । उच्च ज्वरो र खोकीको समस्या भएका उनको २८ कात्तिक बेलुका ५ः१५ बजे मृत्यु भएको हो ।

२७ कात्तिकमा कोरोना पोजेटिभ देखिएका मिक्लाजुङका पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए । ज्वरो र रुघाखोकीको समस्या भएका उनले ५ः३० बजे मृत्यु भएको हो ।

झापाका पुरुष २५ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा शुक्रबार बेलुका करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।