Rumpum Advertisement
Dazzu

गजल

गजल
लक्ष्मी नेपाल

संसारकै शिर हाम्रो सगरमाथा ढल्ने भयो ।
जागौँ उठौँ युवा अब देशमा आगो बल्ने भयो ।

रात रहे अग्राख हुन्छ, नसोचेको भइदिन्छ,
अन्धकार कुइरोले प्रकाशलाई छल्ने भयो ।

उद्यमशील कर्मयोगी डलर खोज्न भासिँदै छन्,
मातृभूमि बाँझो खेतमा विषको बिउ फल्ने भयो ।

मेची–काली कर्णालीमा अनेकौँ ती सपना बगे,
निरासियो युवा शक्ति जोस जाँगर गल्ने भयो ।

कस्ता होलान् अनपेक्षित भोलि आउने दिनहरू,
बुद्धभूमि नेपालमा कुरुक्षेत्र चल्ने भयो ।