Rumpum Advertisement

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेकाे मुख्यमन्त्रीकाे आराेप

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेकाे मुख्यमन्त्रीकाे आराेप

विराटनगर,२९ कात्तिक । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भिर मोडमा पुगेको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनले एकता गम्भिर मोडमा पुगेको बताएका हुन ।

शुक्रबार नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीका विरुद्ध लिखित प्रतिबेदन पेस गरेका थिए । सो प्रतिवेदनले एकता गम्भिर मोडमा पुगको पोखरेलले बताएका हुन ।

सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन् ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ