Rumpum Advertisement
Dazzu

कठिन जित निकाल्दै ब्राजिल शीर्ष स्थानमा

कठिन जित निकाल्दै ब्राजिल शीर्ष स्थानमा

विराटनगर, २९ कात्तिक । सन् २०२२ मा हुने विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत ब्राजिलले कठिन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्राजिलले भेनेज्वेलालाई १–० गोलले हराएको हो ।

ब्राजिलको मैदानमा घरेलु टोलीलाई जिताउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६७औं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिललाई जिताए

यससँगै ब्राजिलले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । यस्तै ब्राजिलले लगातार तेस्रो जित निकालेको छ ।

यसअघि उसले पहिलो खेलमा बोलिभियामा ५–० गोलको फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा पेरुलाई ४–२ गोलले हराएको थियो ।

पराजित भेनेज्वेला भने अंकविहीन रहँदै नवौं स्थानमा छ । उसले तीनै खेलमा पराजय ब्यहोरेको छ ।