Rumpum Advertisement
Dazzu

भिडाल चम्किँदा चिलीको जित

भिडाल चम्किँदा चिलीको जित

विराटनगर, २९ कात्तिक । सन् २०२२ मा हुने विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत चिलीले पेरुमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चिलीले पेरुमाथि २–० गोलको जित निकालेको हो ।

चिलीको मैदानमा घरेलु टोलीको जितमा दुवै गोल अर्टुरो भिडालले गरे । खेलको २०औं मिनेटमा भिडालले गोल गर्दै चिलीलाई सुरुआती अग्रता दिलाए ।

३५औं मिनेटमा भिडालले दोस्रो गोल गर्दै चिलीलाई अग्रता दिलाए । र, बाँकी समय गोल नहुँदा चिलीले जित निकालेको हो ।

जितसँगै चिलीले ३ खेलबाट ४ अंक जोडेको छ । ऊ छैटौं स्थानमा छ । पेरु भने १ अंकका साथ आठौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ