Rumpum Advertisement
Dazzu

कोलम्बियामाथि उरुग्वेको सहज जित

कोलम्बियामाथि उरुग्वेको सहज जित

विराटनगर, २९ कात्तिक । सन् २०२२ मा हुने विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत उरुग्वेले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियामाथि ३–० गोलको जित निकालेको हो ।

कोलम्बियाको मैदानमा उरुग्वेलाई जिताउन इडिन्सन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले समान एक–एक गोल गरे ।

पाँचौं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई पहिलो हाफभरि अग्रता दिलाए । ५४औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । ७३औं मिनेटमा नुनेजले गोल गरेपछि उरुग्वेले ३–० गोलको अग्रता बनायो ।

९०औं मिनेटमा ऐरी मिनाले रातो कार्ड पाएपछि कालम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै उरुग्वे चौथो स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । कोलम्बिया ४ अंकका साथ सातौं स्थानमा छ ।