Rumpum Advertisement
Dazzu

तिहारकाे किनमेलका लागि बजारमा भिडभाड, छैन कोरोनाको डर ! (फाेटाे फिचर)

तिहारकाे किनमेलका लागि बजारमा भिडभाड, छैन कोरोनाको डर ! (फाेटाे फिचर)

विराटनगर, २८ कात्तिक । प्रदेश १ काे राजधानी विराटनगरमा ६ हजार बढी कोरोना संक्रमित छन् । संक्रमितको संख्या दैनिक बढ्दो छ । तर सर्वसधारणले भने सुरक्षा सतर्कता कम गर्दै लगेका छन् ।

बजारमा भिडभाड बढ्दो छ । व्यक्तिगत सुरक्षा सामाग्री र सामाजिक दुरीको नियम पालना भएको छैन् ।

तिहारको किनमेलका लागि आउने सर्वसाधरण र बिक्रेताले मास्क प्रयोगमा पनि ध्यान दिएको पाइदैन् । शुक्रबार पनि बजारमा देखिएका सामान्य अवस्थाको जस्तै भिड थियो ।

कोरोना महामारीबाट जोगिन व्यक्तीगत सतर्कता आवश्यक पर्ने जनस्वस्थ्यविद डाक्टर नवराज सुब्बा बताउँछन् । सतर्कता नपअनाए संक्रमण झन बढ्ने सम्भावना रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ