Rumpum Advertisement
Dazzu

दुधफारम दुर्घटना अपडेट : घाइते युवतीको पनि मृत्यु

दुधफारम दुर्घटना अपडेट : घाइते युवतीको पनि मृत्यु

विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीकाे पनि मृत्यु भएकाे छ ।

भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको मृत्यु भएको थियो । दुर्घटनामा घाइते उनका आफन्त उदयपुर बेल्टारकी १८ वर्षीय विद्या कटवालको नाेबेल मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हाे ।

गत शुक्रबार दिउँसो भएको दुर्घटनामा पूजा, उनका आफन्त उदयपुर बेल्टारकी कटवाल र अटो चालक विराटनगर – १३ का ४५ वर्षीय वीरबहादुर श्रेष्ठ घाइते भएका थिए ।

पूजाको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा सोही दिन मृत्यु भएको थियो । घाइते युवतीको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको दुहवीतिरबाट आउँदै गरेका एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले दुई युवती सवार को २ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूधफारम नजिकै ठक्कर दिएको थियो । आफन्तका अनुसार विद्या केही दिन अघि उदयपुरबाट विराटनगर मामोल आएकी थिइन् ।

लहरीका चालक भारत मजफपुरका २४ वर्षीय देवेन्द्र सहनी र सहचालक २९ वर्षीय मिथुन कुमार प्रहरी नियन्त्रणमा छन् ।

याे पनि :विराटनगर दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो