Rumpum Advertisement
Dazzu

बंगलादेशसँग नेपाल स्तब्ध

बंगलादेशसँग नेपाल स्तब्ध

विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपाल बंगलादेशसँग स्तब्ध भएकाे छ । शुक्रबार साँझ नेपाल बंगलादेशसँग २-० गोलले स्तब्ध भएकाे हो ।

बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा भएकाे खेलमा बंगलादेशलाई जिताउन मोहम्मद नविब नवज जीवन र महबुबुर रहमानले समान १-१ गोल गरे ।

खेलकाे ११औं मिनेटमा बंगलादेशका मोहम्मद नविब नवज जीवनले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाए ।

खेलकाे २६औं मिनेटमा नेपालका गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गर्दै बंगलादेशलाई अग्रता दोब्बर बनाउनबाट बचाएका थिए ।

खेलकाे ४२औं मिनेटमा विक्रम लामा घाइते भएपछि उनकाे स्थानमा एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।

खेलकाे ७९औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै बंगलादेशलाई २-० गोलले जिताए ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।