Rumpum Advertisement
Dazzu

पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा जारी खेलकाे पहिलो हाफमा घरेलु टोलीले १-० गोलको अग्रता बनाएकाे छ ।

खेलकाे ११औं मिनेटमा बंगलादेशका नविन नवज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

खेलकाे २६औं मिनेटमा किरणले उत्कृष्ट बचाउ गर्दै बंगलादेशलाई अग्रता दोब्बर बनाउनबाट बचाएका थिए ।

खेलकाे ४२औं मिनेटमा विक्रम लामा घाइते भएपछि उनकाे स्थानमा एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।

कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरू स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रूपमा लिएका छन् ।