Rumpum Advertisement
Dazzu

शुक्रबार थप ३५ सय ३७ जना कोरोनामुक्त

शुक्रबार थप ३५ सय ३७ जना कोरोनामुक्त

विराटनगर, २८ कात्तिक । शुक्रबार थप ३५ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६८ हजार १२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनालाई कोरोना संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

शुक्रबार थप १३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २ पुगेको छ ।