Rumpum Advertisement
Dazzu

आज २१ सय ११ जनामा कोरोना पुष्टि

आज २१ सय ११ जनामा कोरोना पुष्टि

विराटनगर, २८ कात्तिक । नेपालमा शुक्रबार थप २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

आज थप ३५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६८ हजार १२९ पुगेको छ ।

शुक्रबार थप १३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय २ पुगेको छ ।