Rumpum Advertisement
Dazzu

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै

विराटनगर, २८ कात्तिक । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा कोराना भाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरूको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७९५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय सङ्क्रमित अवस्थामै रहेका थिए ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ ।रासस