Rumpum Advertisement
Dazzu

खोलाको छेउमा शिशु जिउँदै गाडिएको अवस्थामा फेला

खोलाको छेउमा शिशु जिउँदै गाडिएको अवस्थामा फेला

सप्तरी, २८ कात्तिक । सप्तरीमा खोलाको छेउमा नवजात शिशुलाई जिउँदै गाडिएको अवस्थामा फेला पारिएको छ । बोदे बर्साइन नगरपालिका-५ स्थित एक नवजात शिशु जिउँदै गाडिएको अवस्थामा फेला पारिएको हो ।

बर्साइन बजारको जाँजरस्थित रहेको खडक खोलाको छेउमा खेलिरहेका स्थानीय युवाहरूले बच्चा जिउँदै गाडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बोदेवरसाइनबाट खटिएको प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा राखिएको जनाएको छ ।

गाडिएको बच्चा २४ घण्टाभित्रै जन्मिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साइन प्रमुख एयुर राइनले जानकारी दिए । बच्चालाई बिहानतिर गाडिएको हुनसक्ने अनुमान प्रहरीको छ ।

बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको जनाइएको छ ।

शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।