Rumpum Advertisement
Dazzu

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ : भरत बेन्चमा, विकाशको डेब्यू

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ : भरत बेन्चमा, विकाशको डेब्यू

विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शुक्रबार (आज) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाका स्थित बंगबन्ध रंगशालामा हुने यो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ । मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।

यस खेलका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ, जसअनुसार विभागीय टाेली त्रिभुवन आर्मीका खेलाडी विकाश खवासले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गर्ने भएका छन् ।

विकासले नेपाललाई भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए । यस्तै उनले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधिसमेत दिलाएका थिए ।

आर्मीबाट लिग खेल्दै आएका खवासले २०७५ सालमा उदयीमान खेलाडीको उपाधि जितेका थिए ।

यसैगरी प्रशिक्षक बालगोपाल महर्जनले भरत खवासलाई भने बेन्चमा राखेका छन् ।

बंगलादेशविरुद्ध नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल
मिडफिल्डर : विक्रम लामा, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ
स्ट्राइकर : नवयुग श्रेष्ठ

सब्सिच्युट: भरत खवास, विशाल श्रेष्ठ, दीप कार्टी, छिरिङ गुरुङ, सरोज दाहाल, दिलन लाेक्तान, पुजन उप्रेती, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, सुवास गुरुङ, जर्ज प्रिन्स कार्की, विमल राना र दर्शन गुरुङ