Rumpum Advertisement
Dazzu

नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, २८ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दै छ ।

लामो समयदेखि संघर्षमय देखिएको नेकपाको सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

महासचिव विष्णु पौडेलले पार्टी अध्यक्षहरूको सहमतिमा बैठक बस्ने जानकारी दिए । बैठकमा पार्टीमा पछिल्लो समयमा विकसित परिस्थितिका बारेमा छलफल हुने जानकारी नेताहरूले दिनु भएको छ ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत ५ जना सचिवालय सदस्यले सहमतिमा बैठक राख्न अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समक्ष लिखित आग्रह गरेका थिए ।

बैठकमा पछिल्लो समय देखिएको पार्टीभित्रको आन्तरिक विबाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । नेकपामा पार्टी एकिकरणको काम पूरा गर्ने सम्बन्धमा र सरकार सञ्चालनको विषयलाई लिएर बेला बेलामा नेतृत्वबीच विवाद उत्पन्न हुने गरेको छ ।