Rumpum Advertisement
Dazzu

विश्वै प्रदूषित शहर दिल्लीको वायुको गुणस्तर खस्कियो

विश्वै प्रदूषित शहर दिल्लीको वायुको गुणस्तर खस्कियो

नयाँदिल्ली, २८ कात्तिक । विश्वै प्रदूषित शहरका रूपमा चिनिँदै आएको दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । भारतको केन्द्रीय राजधानी दिल्लीमा शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थामा देखिएको हो ।

वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो । छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँँमा ३२८ एक्युआई देखिएको अधिकारीहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

प्रदूषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ । रासस