Rumpum Advertisement

उद्घाटन नहुँदै चोरी हुनथाले रेलमार्गको लिकमा रहेका क्लिप

उद्घाटन नहुँदै चोरी हुनथाले रेलमार्गको लिकमा रहेका क्लिप

जनकपुर, २८ कात्तिक । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेका छन् ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ । तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन । धनुषाको कर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ ।

तर, भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् । रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुनसक्ने स्थानीयहरूको भनाइ छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ