Rumpum Advertisement
Dazzu

सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएपछि खेलाडी उत्साहित

सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएपछि खेलाडी उत्साहित

काठमाडाैं, २८ कात्तिक । बिहीबार मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् ।

लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका हुन् ।

शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेजबहादुर थापा मगरले मन्त्रीपरिषद्को निर्णयले आफूहरू खुशी भएको बताए ।

उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रूपमा सफलता हात पार्ने बताइन् ।

सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरू ढुक्क थिए । अभ्यामा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रका लागि पदक दिलाएकी नीमा घर्ती मगरले पनि लकडाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताइन् । यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन् । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यति सहज अवस्था भने छैन ।

फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधिलगायतका अन्य प्रतियोगिता तपशिल नै छन् । त्यसका लागि गर्नुपर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नुपर्ने अवस्था आएको छ ।