Rumpum Advertisement
Dazzu

रोनाल्डोले इटाली छोड्ने चर्चाका बीच युभेन्टसले यसो भन्यो

रोनाल्डोले इटाली छोड्ने चर्चाका बीच युभेन्टसले यसो भन्यो

विराटनगर, २८ कात्तिक । पछिल्लो केही समययता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब छोड्ने मनसायमा बनाएको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला युभेन्टसले मुख खोलेको छ ।

रोनाल्डोले यसै सिजनको अन्त्यसम्ममा इटाली छोडे्ने चर्चाका बीच युभेन्टसले आफ्ना फरवार्ड रोनाल्डोको ध्यान नयाँ सम्झौतामा भएको उल्लेख गरेको छ । ३५ वर्षीय रोनाल्डो क्लबसँग सम्झौता नवीकरण गर्ने पक्षमा रहेको युभेन्टसले जनाएको हो ।

यसै साता मात्र युभेन्टसले आफ्ना स्ट्राइकर रोनाल्डोलाई बेच्न चाहेका खबरहरू सार्वजनिक भएका थिए । रोनाल्डो र युभेन्टसबीच जुन २०२२ सम्मको सम्झौता छ । तर, फ्रि ट्रान्सफरमा टुरिन छोड्नुभन्दा अगाडि ठूलो रकममा रोनाल्डोलाई बेच्ने दाउमा युभेन्टस रहेको बताइएको छ ।

तर, स्पेनिस मिडिया ‘एएस’का अनुसार युभेन्टसले रोनाल्डो एलियान्ज स्टेडियम छोड्ने पक्षमा नरहेको उल्लेख गरेको छ । आफ्नो परिवारलाई इटालीमै सेट्टल गरेका उनी युभेन्टससँग सम्झौता थप्ने मनसायमा रहेका छन् ।

यसैगरी युभेन्टसले रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड नफर्किनेसमेत दावी गरेको छ । ‘ईएसपीएन’काले रोनाल्डो आगामी सिजनमा ओल्ड ट्राफोर्ड फर्किने सम्भावना रहेको उल्लेख गरेको थियो ।

रियलमा ९ वर्ष खेलेर इटाली आएका रोनाल्डो पुनः प्रिमियर क्लब फर्किन सक्ने ईएसपीएनका पत्रकार क्रिस्टियन मार्टिनले बताएका हुन् । रोनाल्डोले इंग्ल्याण्डमा ६ वर्ष बिताएका थिए ।

जसक्रममा उनले तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । युनाइटेडबाट २९२ खेल खेल्दा ११८ गोल गरेका रोनाल्डो ९६ मिलियन युरोमा रियल मड्रिड सरुवा भएका थिए ।

सन् २०१८ मा रियलबाट इटाली आएका हुन् । १०० मिलियन युरोमा ९ वर्षे रियल बसाइ बिट मार्दै इटाली आएका रोनाल्डोले युभेन्टसबाट ९४ खेलबाट ७१ गोल र १९ असिस्ट गरेका छन् ।

३५ वर्षीय रोनाल्डोले राम्रै प्रदर्शन गरिरहेका छन् । यस सिजन उनले सिरी ‘ए’मा ६ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ