Rumpum Advertisement
Dazzu

डान्स ब्याटलमा नेपालको प्रतिनिधित्व गर्दै डाक्टर राकेश

डान्स ब्याटलमा नेपालको प्रतिनिधित्व गर्दै डाक्टर राकेश

विराटनगर, २८ कात्तिक । जापानमा आयोजना हुने अन्तर्राष्टिय पपिङ डान्स ब्याटलमा नेपालको प्रतिनिधित्व गर्दै डाक्टर राकेश घिसिङले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा १५ राष्ट्रका २४ प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् । नेपालबाट दन्तचिकित्सक डाक्टर राकेशले सहभागिता जनाउने भएका हुन् । 

उनी यसअघि सोही ब्याटल प्रतियोगिताको फाइनलसम्म पुगेका थिए । नेपालबाट पपिङ डान्समा पहिचान बनाएका राकेशलाई आयोजकले २० हजार यान पुरस्कार पनि प्रदान गरेको छ ।

नेपालको डान्सलाई विश्वस्तरीय ब्याटलमा देखाउन पाउनु राम्रो वसर रहेको उनले बताएका छन् ।लकडाउनका कारण कार्यक्रम भने अनलाइनका माध्ययमबाट गरिने छ ।

प्रतियोगितामा नेपालसहित भियतनाम, थाइल्यान्ड, जापान, कोरिया, म्यान्मा , ताइवान, फिलिपिन्स, चीन, हङकङ, इण्डोनेसिया, लाओस  भारत, सिंगापुर र मलेसियाका प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।