Rumpum Advertisement
Dazzu

एक्लिँदै ट्रम्प : निर्वाचन सुरक्षा अधिकारीले पनि गर्‍यो ट्रम्पको दावीलाई अस्वीकार

एक्लिँदै ट्रम्प : निर्वाचन सुरक्षा अधिकारीले पनि गर्‍यो ट्रम्पको दावीलाई अस्वीकार

विराटनगर, २८ कात्तिक । अमेरिकी संघीय निर्वाचन अधिकारीहरूले राष्ट्रपतीय निर्वाचनको मत अमेरिकी इतिहासको सबैभन्दा सुरक्षित रहको बताएका छन् ।

मतगणनामा धाँधली भएको डोनाल्ड ट्रम्पको दावीलाई अस्वीकार गर्दै निर्वाचन समितिले कुनैपनि मतदान प्रणालीमा प्राप्त मत निकालिएको, हराएको, परिवर्तन गरिएको वा सम्झौता भएको प्रमाण नभएको स्पष्ट पारेको हो ।

बहालवाला राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षको २७ लाख मत नष्ट गरिएको दावी आधारहीन भएको संघीय निर्वाचन अधिकारीले बताएका छन् । अमेरिकी निर्वाचन आयोगबाट जो बाइडेन विजयी भएको आधिकारिक घोषणा भइसकेको छैन ।

ट्रम्पले विनाप्रमाण गरेको दावीविरुद्ध चुनावमा संलग्न अन्य विभागका अधिकृतहरूले समेत मुख खोल्न थालेका छन् ।

३ नोभेम्बरमा सम्पन्न निर्वाचनमा गृह सुरक्षा विभागले मतप्रणालीे सुरक्षाको जिम्मा लिएको थियो । यस मातहतका साइबर तथा पूर्वाधार सुरुक्षा एजेन्सीले भनेको छ, ‘हामीलाई थाहा छ कि चुनावी प्रक्रियाको बारेमा गलत–निराधार दावीहरू गरिएका छन्, तर हामीले दिएको सुरक्षामा र हाम्रो इमान्दारीतामा हामी पूर्ण विश्वस्त छौं र तपाईंहरू पनि सुनिश्चित हुन जरुरी छ ।’

स्रोत ः बिबीसी