Rumpum Advertisement
Dazzu

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

विराटनगर, २८ कात्तिक । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनकाे मूल्य पाँच सयले बढेर ९५ हजार २०० रुपैयाँमा कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

विगत ३ दिनयता चाँदीको मूल्य भने यथावत रहेकाे छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।