Rumpum Advertisement
Dazzu

झापाबाट २० लाख बढीको पटाका बरामद

झापाबाट २० लाख बढीको पटाका बरामद

झापा, २८ कात्तिक । जिल्ला प्रहरी कार्यालय झापा र त्यस मातहत रहेको प्रहरी कार्यालयहरूले करिब २० लाख बढीको पटका बरामद गरेका छन् । करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई प्रहरी कार्यालय झापाले शुक्रबार कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राएको पटाकाहरू प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए ।

प्रहरीले अढाई सय सटसम्मको आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनारलगायत नाम गरेका पटाकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरेको एसपी कोइरालाले बताए ।

भद्रपुरमा मात्रै प्रहरीले छापा मारेर चार वटा घरबाट करिब १५ बोरा भन्दा बढी पटाका बरामद गरेको थियो ।