Rumpum Advertisement

यसरी हेर्नुहोस् नेपाल र बंगलादेशबीचको लाइभ

यसरी हेर्नुहोस् नेपाल र बंगलादेशबीचको लाइभ

विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शुक्रबार (आज) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाका स्थित बंगबन्ध रंगशालामा हुने यो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुनेछन् । दुई म्याचकै विजेताले ट्रफी पनि पाउनेछन् ।

कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरू स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रूपमा लिएका छन् ।

शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ ।

एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।

नेपाल र बंगलादेशबीचको खेल फेसबुकमार्फत र युट्युबबाट हेर्न सकिन्छ ।

फेसबुकबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।
युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ