Rumpum Advertisement

पराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

पराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

विराटनगर, २८ कात्तिक । सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिना पराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना आफ्नै मैदानमा पराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ला बोम्बोनेरामा पराग्वेले सुरुआती अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पराग्वेलाई सुरुआती अग्रता दिलाए ।

खेलको ४१औं मिनेटमा निकोलास गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । र, बाँकी समय गोल हुन नसक्दा अर्जेन्टिना र पराग्वेले बराबरी अंक बाँडे ।

यससँगै छनौट चरणको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अंक जोडेको छ । यसअघि अर्जेन्टिनाले पहिलो खेलमा इक्वाडरलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा बोलिभियामाथि २–१ गोलको जित निकालेको थियो ।

यता, पराग्वे भने ५ अंकसहित चौथो स्थानमा छ । ६ अंक भएको ब्राजिल दोस्रो स्थानमा छ । उसले २ खेल खेलेकाे छ ।

यसैगरी गए राति अर्को खेलमा बोलियामाथि इक्वाडरले ३–२ गोलको जित निकालेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ