Rumpum Advertisement

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

विराटनगर, २८ कात्तिक । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ ।

२०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन । पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ