Rumpum Advertisement
Dazzu

आयरल्याण्डमाथि इंग्ल्याण्डको सहज जित

आयरल्याण्डमाथि इंग्ल्याण्डको सहज जित

विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई हराएको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डमाथि ३–० गोलको सहज जित निकालेको हो ।

इंग्ल्याण्डको मैदानमा घरेलु टोलीलाई जिताउन ह्यारी मागुइरे, जाडोन सान्चो र डोमिनिक काल्भर्ट–लेविनले समान १–१ गोल गरे ।

खेलको १८औं मिनेटमा मागुइरेले गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा सान्चोले गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो ।

५६औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टीको मौका पाएको थियो, जसमा काल्भर्ट–लेविनले गोल गर्दै इंग्ल्याण्डलाई जिताए ।